विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले ट्राफिक जरिवानाबारे आफ्नो अभिव्यक्ति विवादमा परेपछि माफी मागेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘केहि दिन अगाडि सोसल मिडियाका केही पत्रकारहरूलाई अन्तरवार्ता दिँदा रु। ५० हजार जरिवाना गर्नु पर्छ भनेर मैले बोलेको कुरा फिर्ता गर्दै मैले निम्न अनुसारको घोषणा गर्दछु। त्यसो गर्दा कसैलाई अज्ञानवश चोट पुगेको छ भने माफ गर्नुहोला । ट्राफिक नियमलाई अटेर गर्नेहरूले मुटुमा हात राखेर सोच्नु होला।’




