१५ पुष २०७८, काठमाडौं।
किसानको मुद्दा बोकेर आन्दोलनरत जनमत पार्टीले आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्दको घोषणा गरेको छ ।
पार्टी अध्यक्ष डा. सीके राउतले बुधवार अबेर राति विज्ञप्ती जारी गरेर पुस १५ गतेदेखि पूर्वपश्चिम राजमार्ग दिउँसोको समयमा अनिश्चितकालका लागि बन्द र मधेसका जिल्लामा हुने संघीय मन्त्रीहरुको कार्यक्रममा विरोध गर्ने जनाएका हुन्
किसान आन्दोलनका सात बुँदे मागमध्ये कुनै पनि माग पूरा नगरेकाले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको उनले उल्लेख गरेका छन् ।
मन्त्रीस्तरीय / उच्चस्तरीय वार्ता समिति समेत गठन नगरेको र किसान आन्दोलनको ज्ञापनपत्र लिन समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको अध्यक्ष डा. राउतले आरोप लगाएका छन् ।
यस्तै आन्दोलनकारीमाथि व्यापक बल प्रयोग गरेको, दर्जनों राउन्ड अश्रुग्यास चलाएको, आन्दोलनकारीहरूको अंगभंग हुने गरी कुटपिट गरेको, किसानहरूमाथि ज्यादती गरेको तथा झुठा मुद्दा लगाएको पनि उनको आरोप छ ।
जनमत पार्टीले सिरहाको औरही गाउँपालिकाले आफ्नो भण्डार कक्षबाट गहुँको बीउ लुटेको आरोपमा चार किसानमाथि अपराधिक उपद्र सम्बन्धी मुद्दा दर्ता गराएको र तीमध्ये मिथिलेश यादव पक्राउ परेपछि पुस ९ गतेबाट जनमत पार्टी आन्दोलन सुरु गरेको थियो ।
किसान यादव दुई दिन अगाडि नै रिहा भइसकेका छन् । तर उक्त पार्टीले अन्य माग पूरा नभएको भन्दै आन्दोलनलाई थप सशक्त पार्दै मधेसभर फैलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
10
+1
3
+1
0
+1
1
+1
2

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय