नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन गर्दा प्राथमिकता निर्धारण गरेर मात्रै अघि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले सबै विषय एकैचोटि संशोधन गर्न खोज्दा देश समस्यामा पर्नसक्ने बताएका हुन् ।

‘एकैपटक सबै विषयमा संविधान संशोधन गरौं भन्ने कुराले आठौं वर्ष, १० औं वर्ष लगाएर बल्ल सम्हालेका यी कुराहरूबाट फेरि एक पटक नेपाल ठूलो आगोको भुंग्रोमा पर्नसक्दछ भन्ने नेपाली कांग्रेस पार्टीको चिन्ता हो,’ सभापति थापाले भने ।

त्यसका लागि उनले भारतीय संविधानका निर्माता भीम राव अम्बेडकरको ‘ग्रामर अफ एनार्की’को धारण पनि स्मरण गराए ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय