सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन पत्र काटेको छ ।
विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको भग्नावशेषमा पुगेर बयानका लागि आउनू भनी पत्र टाँस गरेको हो ।
पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकोले बोलाएको उल्लेख गरिएको छ ।
विभागले यसअघि नै शेरबहादुर देउवा र आरजु राणा देउवामाथि अनुसन्धान गर्न पुर्जी काटिसकेको थियो ।




