सिरहामा जनमत पार्टीको कार्यकर्ता द्वारा मालवाहक ट्रकमा आगजनी।
११ पुष २०७८, सिरहा।
प्रदेश नम्बर २ को सिरहा जिल्ला गोलबजार स्थित सवारी साधनमा तोडफोड को साथ एउटा मालवाहक ट्रकमा आगजनी गरेको छ ।समय मै नेपाल प्रहरी द्वारा आगो नियन्त्रणमा लिइएको छ। जनमत पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै आईतबार सिरहा जिल्लाभरि आम हडतालको घोषणा गरेको थियो । आईतबार एक दिनको लागि अति आवश्यक बाहेक सम्पूर्ण शैक्षिक सँस्थान, कलकारखाना, यातायात समेत बन्द गर्न घोषणा गरेको थियो ।

सिरहाको मिर्चैयामा मिर्चैया देखि पूर्व बतहा खोलास्थित, मिर्चैया बजार लगायत पूर्व पश्चिम राजमार्गमै विभिन्न ठाउँमा तोडफोड भएको हो । बिहानै देखि जिल्लाभरि अवस्था तनावग्रस्त बनेको छ। झडपको क्रममा केही प्रहरी र प्रदर्शकारी समेत घाईते भएको जनाईएको छ । गत साताको मँगलबार सिरहाको औरही गाउँपालिकाबाट किसानहरुले गहुँको बीउ लगेपछि प्रहरीले एक किसानलाई पक्राउ गरेको हो । उनको रिहाईको माग गर्दै जनमत पार्टीले आन्दोलन स्वरुप एक दिने आम हडतालको घोषणा गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
7
+1
7
+1
2
+1
6
+1
4

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय