चितवनको इच्छाकामना गाउँपालिका–४, घोप्टेभीरमा खसेको पहिरो पन्छाइएको छ ।
सोमबार बिहान खसेको पहिरो दिउँसो १ः४० बजेबाट सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडक योजना पश्चिमखण्डले जनाएको छ ।
पहिरो हटाइएपछि हाल यातायात दुईतर्फी सञ्चालन गरिएको छ । पहिरो हटाउन ६ वटा मेसिन उपकरण परिचालन गरिएको थियो ।
“आज बिहान पृथ्वी राजमार्गको घोप्टेभीरस्थितमा खसेको ठूलो पहिरोका कारण दुईतर्फी रूपमा अवरुद्ध रहेको सडक ६ वटा मेसिन उपकरण परिचालन गरी हाल (दिनको १ः४० बजेबाट) दुईतर्फी सञ्चालनमा आएको छ,” सडक योजनाले सूचना जारी गर्दै भनेको छ ।
