त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
परिवारले शव बुझ्न नमानेपछि गएराति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो । बिहीबार त्रिपुरेश्वरमा शरीरमा पेट्रोल छर्किएर आगो लगागएका उनको शुक्रबार दिउँसो उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।
परिवारले बुझ्न नमानेपछि शवलाई सुरक्षित राख्न त्रिवि शिक्षण अस्पताल महारागञ्ज पठाइएको वीर अस्पतालले जनाएको छ । अब उनको शव परिवारले नबुझ्दासम्म शव राख्ने फ्रिजमा राखिनेछ ।
सरकारको ज्याजतिका कारण गणेशले आत्मदाह गरेको भन्दै परिवारले शव बुझ्न मानेको छैन ।



