सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय हटाउने निर्णयविरुद्ध आन्दोलित भएका नागरिकहरूले मसाल जुलुससहित प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पुत्ला दहन गरेका छन्प्र ।

सरकारी निर्णयविरुद्ध सडक आन्दोलन गरिरहेका स्थानीयवासी र व्यवसायीहरूले भन्सार पुनःस्थापनाको माग गरिरहेका छन् । प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

आन्दोलित नागरिकहरुका अनुसार, छोटी भन्सार बन्द हुँदा स्थानीय व्यापार, रोजगारी र राजस्व संकलनमा गम्भीर असर परेको छ । उनीहरूले सीमा क्षेत्रमा अनुगमन कमजोर भई तस्करी बढ्ने जोखिमसमेत रहेको बताएका छन् ।

मंगलबार साँझ निकालिएको मसाल जुलुसमा ठूलो संख्यामा स्थानीयवासी सहभागी थिए । उनीहरूले निर्णय तत्काल फिर्ता नगरे अझै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

वडानम्बर ३ का अध्यक्ष एवं आन्दोलन संयोजक विनोद यादवले जनहितविपरीत कदम स्वीकार्य नहुने बताएका छन् । उनले आवश्यक परे पदबाट राजीनामा दिनसमेत तयार रहेको बताए ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय