राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले व्यक्त गरेका अभिव्यक्तिमाथि संसद्मा नियमापत्ति भएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले नियमापत्ति गरेका हुन् ।

‘जगदीश खरेलज्यूले प्रतिपक्षको विरोधलाई जे शब्दले इंगित गर्नुभएको छ, तमासा देखाएको भन्ने । त्यो शब्द अपमानजनक छ, असंसदीय छ, संसदीय रेकर्डबाट हटाइयोस्’ सांसद मल्लले भने ।

विपक्षीको विरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक अगाडि बढाएका थिए । विरोधकाबीच सभामा पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल अगाडि बढाएका थिए ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय