छठ पर्वका लागि आवश्यक सामग्री किन्नका लागि सीमापारिको भारतीय बजार नेपाली सेवाग्राहीको चहलपहल बढेको छ । दैनिक उपभोग्य खाद्यान्न सामग्री, लत्ताकपडालगायतका सामग्रीहरु नेपालमा भन्दा भारतीय बजारमा सस्तो पाइने भएपछि सेवाग्राहीको चाप बढेको हो ।

 

आफ्ना दैनिक आवश्यकताको वस्तु किनमेलका लागि जिल्लाका सदरमुकाम गौरका अधिकांश नागरिक बैरागनिया बजार जाने चलन बढ्दो छ । यसले ठूलो मात्रामा नेपाली रुपैयाँ बाहिरिने गरेको स्थानीय विमल श्रीवास्तवले बताए । विशेष गरी चाड पर्वको समयमा भारतीय बजारमा अधिक मात्रमा भिड रहने गरेको उनको भनाइ छ । भारतीय बजारमा चहलपहल र भिडभाड बढिरहँदा गौरलगायतका नेपाली बजार सुनसान नै बन्ने गरेको उनी बताउँछन् ।

 

भारतीय बजारले गर्दा नेपाली व्यापारीहरु निकै मर्कामा परेको रौतहट उद्योग वाणिज्य संघले जनाएको छ । स्वदेशी व्यापार प्रवर्द्धन नहुँदा यहाँबाट वर्षेनी नेपाली मुद्रा विदेशिएको संघको बुझाइ छ ।

 

भारतीय बजारबाट कतिपयले तस्करीको माध्यमबाट नेपालमा सामन भित्राउने गरेका छन् । विभिन्न नाका भएर राजस्व छली गरेर भारतीय बजारबाट सामनहरु भित्रिने गरेपछि स्वदेशमा नै उत्पादन भएका सामनहरु सिमावर्तीवासीले खरिद नगर्ने गरेको पाइन्छ । यस विषयमा सरोकारवाला निकाय गभ्मीर बन्नुपर्ने रौतहट उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय