गृहमन्त्री सुधन गुरूङले लागुऔषधको आपराधिक जालोलाई भत्काउन कानुन कार्यान्वयनमा कडाइ गरी सबै संरचना परिचालन गर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरूद्धको दिवसको अवसरमा उनले आपराधिक जालो भत्काउनका लागि सबै कानुनी संरचना परिचालन गर्ने सन्देश दिएका हुन्।




