रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी अब झनै परिपक्व भएर अघि बढ्ने बताएका छन् ।
चितवनमा भएको महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका सभापति लामिछानेले शपथ ग्रहणपछिको सम्बोधनको क्रममा यस्तो बताएका हुन् ।
प्रतिबद्धताका साथ हामी भन्न चाहन्छौं, पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनीतिक रुपमा वैधानिकता प्राप्त गरेको देशकै सबैभन्दा ठूलो झण्डै दुई तिहाइको सरकार सञ्चालन गरिरहेको रास्वपा परिपक्व भएर अघि बढ्नेछ,’ लामिछानेले भने ।
उनले यो ४ वर्षमा केही कमजोरी भएका र अब त्यसलाई सधैं देखिनेगरी अघि बढ्न नहुने जिकिर गरे ।



