नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको महाधिवेशनपछि सशक्त आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन् ।

पार्टीको प्रदेश स्तरीय प्रशिक्षणलाई शनिबार बुटवलमा सम्बोधन गर्दै प्रचण्डले पार्टीका नेता कार्यकर्तालाई सशक्त आन्दोलनको तयारीमा रहन आग्रह गरेका हुन् ।

उनले सरकारको नेतृत्व गरिरहेको रास्वपा र त्यसको नेतृत्वलाई विचारहीन र बहुलठ्ठीपूर्ण तत्त्वको संज्ञा दिए ।

‘महाधिवेशनपछि सशक्त आन्दोलनमा जानुको विकल्प छैन, देशमा जुनसुकै घटना जेसुकै होलान् तर तपाईं हामी सशक्त आन्दोलनको तयारीमा बसौं,’ प्रचण्डले भने, ‘जनतामा जाऔं, जनतालाई भरोसा गरौं, नेपाली जनताको जित हुन्छ, यस्ता विचारहिन बहुलठ्ठीपूर्ण तत्वहरू (रास्वपा) को जित नेपालमा हुनसक्दैन ।’

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय