भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीपीडितहरूको रकम राज्यकोषबाट एक पैसा पनि खर्च नगरिएको दाबी गरेकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले राज्यकोषबाट समस्याग्रस्त सहकारीका पीडितहरूको रकम उपलब्ध गराएको भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरिन् ।
मन्त्री रावलले उक्त रकम समस्याग्रस्त सहकारी संस्थाका व्यवस्थापन, सञ्चालक, लेखा समितिलगायतबाट असुली गरिएको उनको भनाइ छ ।



