परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विदेश विभाग प्रमुख शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समिति, अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) का प्रमुख लिउ हाइसिङबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच सोमबार बेइजिङमा भेटवार्ता भएको हो । भेटमा सीपीसी र रास्वपा बीचको मैत्रीसम्बन्ध विस्तार तथा विकासका बारेमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
भेटका क्रममा सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउले सीपीसीले रास्वपासँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्न चाहेको भन्दै आदानप्रदान बढाउन, रणनीतिक सञ्चारलाई सुदृढ पार्न, शासन अनुभवको साझेदारीलाई विस्तार गर्न पार्टी-प्लस च्यानलहरू मार्फत विभिन्न क्षेत्रहरूमा सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए ।



