पार्टीमा चुलिएको राजनीतिक विवाद समाधानका लागि सहमति जुट्न नसके नेपाली कांग्रेसको संस्थापन इतर समूहमा रहेका ‘हेभिवेट’ नेताहरू १५ औं महाधिवेशनमा वञ्चित हुने देखिएको छ ।

क्रियाशील सदस्यता अद्यावधिकमा सहभागी नभएका कारण संस्थापन इतर समूहमा रहेका ‘हेभिवेट’ नेताहरू आगामी असोजका लागि निर्धारण गरिएको महाधिवेशनमा वञ्चित हुने देखिएको हो ।

पार्टीले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने कुनै पनि नेता–कार्यकर्ता १५ औं महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने निर्णय गरेको छ । कांग्रेस नेतृत्व पनि अद्यावधिक नगर्ने नेता–कार्यकर्ताहरू महाधिवेशन प्रक्रियामा सहभागी नहुने बताउँदै आएको छ ।

उक्त निर्णयअनुसार निवर्तमान सभापति शेरबहादुर देउवा र उनीसँग अघिल्लो महाधिवेशनमा प्रतिष्पर्धा गरेका नेता डा। शेखर कोइरालानिकट नेता–कार्यकर्ताहरू आसन्न महाधिवेशनमा सहभागी हुन नपाउने भएका हुन् ।

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय