नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत्‌मा ‘लग्जरी कर’ लगाउने विषय उपयुक्त नभएको बताएका छन् । पार्टीले आइतबार गरेको सुवर्ण शमशेर इकोनोमिक शृङ्खला कार्यक्रममा सभापति थापाले आय करमा ५ देखि १० लाख पुर्‍याएर अर्कै बाटोबाट कर लादेको बताए ।

सभापति थापाले पार्टीका सांसदहरूलाई बजेट छलफलका क्रममा संसद्‌मा क्रमिक सुधार हुन् या संरचनागत सुधार छुट्ट्याउन निर्देशन समेत दिए । सरकारले अगाडिबाट कमाएर गोजीमा हालेको हेरेर करमा सहुलियत दिएको जस्तो गरी पछाडिको गोजीबाट सुटुक्क कर लादेको बताए ।

उनले शिक्षा र स्वास्थ्यमा निजी संस्थामा पुग्नु अहिलेको अवस्थामा लग्जरी नहुने बताए । ‘शिक्षामा निजी स्कुलमा बच्चाबच्ची पढाउने र उपचार गर्न निजी अस्पतालमा जानु अहिलेको अवस्थामा लग्जरी होइन,’ थापाले भने, ‘सरकारी विद्यालयमा पढाइ कस्तो छ ? र सरकारी अस्पतालमा बिरामी भएर जाँदा सबैलाई तत्काल सेवा उपलब्ध हुन्छ कि हुँदैन भन्ने बुझ्नुपर्छ । त्यो नबुझी निजी विद्यालयमा पढायो र निजी अस्पतालमा उपचार गर्छ भनेर शुल्क लिनु उपयुक्त हुँदैन ।’

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय