सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको मतदान ढिलो गरी सुरु भएको हो ।
मतदानमा झण्डै १३ सय प्रतिनिधिहरू सहभागी हुने रास्वपाले जनाएको छ । समायोजनबाट विवादित चार सय प्रतिनिधिमध्ये २१० जनाले मत दिन पाउने भएका छन् । अहिले प्रतिनिधिहरू मतदानका लागि लाइनमा बसेका छन् ।



