ए डिभिजन लिग : आजबाट नवाैं चरणका खेल
३० पुष २०७८, काठमाडौं।
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारबाट नवौं चरणका खेलहरू सुरु हुँदैछन् ।
लिगको नवौं चरणअन्तर्गत शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती दुई खेल हुनेछन् ।
पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले हिमालयन शेर्पा क्लबकाे सामना गर्नेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
८ खेलमा ७ अंक जोडेर दशाैं स्थानमा रहेकाे एपिएफ हिमालयनलाई हराएर अंक तालिका सुधार्न चाहन्छ ।
८ खेलमा ११ अंक जोडेर छैटौं स्थानमा रहेकाे हिमालयन पनि एपिएफलाई हराउँदै शीर्ष पाँचमा उक्लने साेचमा छ ।

साँझ पाैने पाँच बजे सुरु हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुनेछन्  ।
८ खेलमा १९ अंक जाेड्दै दोस्रो स्थानमा रहेकाे मनाङ सातदोबाटोमाथि जित निकाल्दै शीर्ष स्थानमा उक्लनेे दाउमा छ ।
८ खेलमा ९ अंक जोडेर आठौं स्थानमा रहेको सातदोबाटो पनि मनाङलाई हराएर अंक तालिका सुधार्ने प्रयासमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय