फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब १५० प्रति लिटर पेट्रोल।

१९ फाल्गुन २०७८, काठमाडौं।
सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। नेपाल आयल निगमले बिहीबार रातीदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रू ५ का दरले बढाएको हो ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले मूल्य बढाएको जनाएको छ।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर रू। १५० रुपैयाँ  डिजेल र मट्टितेल रू. १३३ तोकिएको छ। पेट्रोल तथा डिजेलको यो अहिलेसम्मकै उच्च मूल्य हो। हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर रू.१० र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ सय डलर बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने ‍‍‍यथावत राखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेका कारण बजारमा मूल्यमा चाप परेको छ। अन्तर्राष्ट्रय बजारमा बिहीबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय १७ डलरसम्म पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय