महाकाली पूर्वका लिम्पियाधुरा र लिपुलेक नेपालकै भूमि: सञ्चारमन्त्री कार्की।

०२ माघ २०७८, काठमाडौं।
सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भएको बताएको छ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै आइतवार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।
‘महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग हुन्, कार्कीले भने, ‘त्यहाँ कुनै पनि किसिमका एक पक्षीय पूर्वाधार रोक्न नेपाल सरकारले भारत सकारलाई आग्रह गर्दै आएको छ।’ उनले त्यस क्रममा भारतसँग घनिष्ठ सम्बन्ध रहेको बताउँदै ऐतिहासिक तथ्यका आधारमा यो समस्या समाधान गरिने बताए।
‘नेपाल र भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक तथ्य, प्रमाण र सम्झौताका आधारमा गर्न नेपाल सरकार प्रतिवद्ध छ’, उनले भने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत पुस १७ गते उत्तराखण्ड पुगेर लिपुलेकमा बनिरहेको मानसरोबर जाने सडकलाई फराकिलो पारिने उल्लेख गरेका थिए ।
त्यसयता करिब तीन सातासम्म मौन रहेको सरकारले बल्ल मुख खोलेको हो । यसअघि मोदीको उक्त भनाइलाई लिएर एमाले, समाजवादीसहितका दलले आपत्ति जनाइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय