ठूला व्यवसायीहरू वर्षौंदेखिको राज्यलाई बुझाउनु पर्ने कर नतिरेका कारण राजश्व (कर) संकलनको लक्ष्य प्राप्तीमा समस्या उत्पन्न भएको छ । नियमसंगत व्यवसाय गर्ने तर राज्यले निर्धारण गरेको करको रकम समयमा नतिर्दा राजस्व संकलनमा लक्ष्य पूरागर्न सकस भएको करदाता सेवा कार्यालय राजविराजका निमित्त कार्यालय प्रमुख डिल्लीरमण भट्टराईले बताउनुभयो ।

सरकारले राजविराज करदाता सेवा कार्यालयलाई चालु आर्थिक वर्षमा ८० करोड राजस्व असुलीको लक्ष्य दिएको छ । “यहाँका ठूला व्यापारीमाथि ३० देखि ५० लाखसम्मको वर्षौदेखि सरकारको कर तिर्न बक्यौता देखिन्छ । तर जति भने पनि समयमा तिर्दैन” उहाँले भनुभयो ।

समयमा कर नतिरेका व्यवसायीलाई कर कार्यालयले पटक–पटक ताकेता गर्दा पनि समयमा राजस्वको रकम बुझाएको अवस्था छैन । उत्पन्न आर्थिक तरलताले आफूलाई बैंकको ब्याज तिर्दातिर्दै व्यवसाय धरापमा पर्दैगएको कहाँबाट तत्कालै कर तिर्नु ? व्यवसायीको गुनासो छ । करदाता सेवा कार्यालय राजविराजका निमित्त कार्यालय प्रमुख डिल्लीरमण भट्टराईले व्यापारीहरुको नियतकै कारण पुस महिनाको टार्गेट पूरा भए पनि पछिल्ला महिनाको यस कार्यालयको मासिक टार्गेट पूरा हुन नसकेको सुनाउनुभयो ।

बैंक, भन्सार, सरकारको नियम चारैतिरबाट उद्योगी व्यवसायलाई नै कसी लगार्इ दिएपछि हाम्रो व्यापार चलेन, अनि कहाँबाट कर तिर्नु उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय