प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) महाधिवेशन नसकिँदै काठमाडौं फर्किएका छन् ।

महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुने तयारी छ । तर, बालेन त्यसअगावै काठमाडौं फर्किएपछि यसबारे प्रवक्ता मनिष झाले जवाफ दिएका छन् ।

झाले देशको चिन्ता लागेर बालेन काठमाडौं फर्किएको प्रतिक्रिया दिए । “देशको चिन्ता लाग्यो र जानुभयो । उहाँले उद्धघाटन समारोहमा भन्नुभएको थियो तीन दिन पार्टीका लागि समय छुट्याएको छु , बाँकी देशका लागि,” झाले भने ।

बालेनले आफ्नो प्रतिबद्धता पूरा गरेको उनको भनाइ छ । “उहाँले कमिटमेन्ट पूरा गर्नुभयो । धेरै बस्नुभयो । उहाँ आउनुहुन्छ कि हुँदैन भन्ने तपाईंहरूको प्रश्न थियो,” झाले भने, “धेरै दिन बसेको भए धेरै बस्न मिल्छ भन्ने प्रश्न उठ्थ्यो ।”

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय