रासायनिक मलको अभावबारे संसद्मा छलफल जारी।
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद तथा प्रमुख सचेतक विशाल भट्टराईले संसद्मा रासायनिक मलको विषयमा छलफल गर्न भन्दै पेस गरेको स्थगनको प्रस्ताव स्वीकृत भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले रासायनिक मलको अभावको बारेमा नेकपा एमालेका १५ जना सांसदहरुले पेस गरेको प्रस्तावमाथि छलफल गर्न दुई घण्टा छुट्याएका छन् ।
संसद्मा आगामी आर्थिक वर्ष २०७९-०८० को बजेटमाथि विषयगत छलफल गर्ने नियमित कार्यसूची स्थगित गरेर रासायनिक मलको आपूर्तिको सन्दर्भमा छलफल गर्न २ घण्टा निर्धारण गरिएको छ । स्थगन प्रस्ताव स्वीकृत भएपछि संसद्मा अहिले यसमाथि छलफल भइरहेको छ ।
प्रमुख सचेतक भट्टराईले रासायनिक मलको विषयमा छलफल गर्न भन्दै सोमबार संसद्मा प्रस्ताव पेस गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
ताजा समाचार
लोकप्रिय
© 2025: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा