सुदूरपश्चिम प्रदेशको विकासका लागि आवश्यक कार्ययोजना बनाउन प्रतिवद्ध: प्रधानमन्त्री देउवा।

२२ जेठ, काठमाण्डौं।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

सुदूरपश्चिमाञ्चल सरोकार मञ्च नेपालले आज आइतवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो भन्नुभएको हो उहाँले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई देशको सबैभन्दा धनी प्रदेश बनाउन सकिने धारणासमेत राख्नुभयो ।

 

उहाँले भन्नुभयो, ‘भौगोलिक विकटता र लगानीको सुरक्षा नभएका कारण सुदूरपश्चिम प्रदेशको विकास नभएको हो । लगानीको सुरक्षा हुन सकेको खण्डमा यो प्रदेशलाई सबैभन्दा धनी प्रदेश बनाउन सकिन्छ । पछि परेको यो प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध छ ।’

 

प्रधानमन्त्री देउवाले भारतसँग महाकाली पारि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाउने सहमति भएको उल्लेख गर्दै त्यसले पनि सुदूरपश्चिमको विकासमा सघाउ पुऱ्याउने विश्वास व्यक्त गर्नुभयो । सो बन्दरगाहले सिधै भारतको बम्बईसँग सुदूरपश्चिमलाई जोड्ने र त्यसले सुदूरपश्चिमको विकासमा महत्त्वपूर्ण योगदान पुऱ्याउने उहाँको भनाइ थियो ।

 

प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको विकासका लागि महाकाली नदी, पश्चिम सेती जलविद्युत् परियोजनाको विकासमा विशेष ध्यान दिनुपर्ने जरुरी रहेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय