बैतडीमा जिप दुर्घटना हुदाँ एक दामप्ति संगै चार जनाको मृत्यु
२० मंसिर, २०७८
दार्चुला – बैतडीमा सोमबार साँझ जिप दुर्घटना हुँदा एक दामप्ति संगै चार जनाको मृत्यु भएको छ ।
जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको जिप पाटन नगरपालिका १ सकार खोलामा से १ ज ८८८ नम्बरको जिप दुर्घटनामा परेको थियो।
सो जिप दुर्घटनामा परेर पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक , उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई , सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताउनु भएको छ। एक जनाको ठेगाना भने खुल्न नसकेको चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परिएको यात्रुहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मनिषा र प्रेम १० दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएका सुचना आएको छ । उनीहरु घरबाट माइती फर्कदै गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर अन्य ६ जना घाइतेहरूलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको प्रहरी निरीक्षक शाहीले बताउनु भएको छ।
उता चालक फरार रहेका छन् । कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।