महाेत्तरीमा दुई युवक द्वारा एक बालिका बलात्कार – आराेपि फरार

नरेन्द्र महताे – गाैशाला- महाेत्तरी- मंसिर ०१
बेटि पढाउ बेटी बचाउकाे नारालाई प्रदेश २ मा बेटिकाे धज्जिया उडाँदै महाेत्तरी जिल्लाको सम्सी गाउँपालिकामा दुई युवकले अाफुलाई बलात्कार गरेकाे नाम परिवर्तन (अनिता कुमारी महताे नुनिया)ले बताएकी छिन ।
पिडित वालिका कक्षा ८ मा अध्यनरत छिन वडा न. ६ वस्ने लालवावु महताे नुनियाकाे १४ वर्षिय छाेरि हुुन्।

उक्त वालिकालाई वडा न.७ वस्ने विरेन्द्र यादवकाे छाेरा अन्दाजि वर्ष २५ काे राजिव कुमार यादव र राम दिनेश पंडितकाे छाेरा अन्दाजि वर्ष २४ काे राजिव पंडित रहेका पिडितले बताएकी छिन।

मिथलाचंलमा मनाईने महान चाँड छठ पर्वको राती लगभग ११/ १२बजे छठ घाट बाट अाउँदै गरेकी बालिकालाई विच बाटाे बाट राय र पंडितले जबरजस्ती मुख थुनेर माेटर साईकलमा वसाई घरमा लगि पालै पालो बलात्कार गरेकाे पिडित नवालीक वालिकाले रुद‌ैं बताईन। पिडित वालिकाकाे घर देखी अाराेपिकाे घर अाधा किलाे मिटरकाे दुरीमा रहेका छन।

तर उहाँकाे घरका सबै परिवारहरु छठ घाटमा गएकाे कारण त्यहि मौका छोपी घरमै पालो पालो बलात्कार गरे तर आफू बलात्कार बाट बाँच्न धेरै हार गुहार गरे ता पनि त्याे राक्षसले छाेडेन्न, आफू उनिहरु बाट बाँच्न हल्ला गर्दा घरमा राखेका साउण्ड बक्स बजाउन थाले र मेरो हाथ र मुख बन्द गरि बलात्कार गर्यो, करिब डेढ दुई घण्टा पछि मलाई बाहिर निकालेर छाेडयो त्यस पछि म रुदैं आफ्नो घर आए पछि आमालाई सबै कुरा सुनाए, मेरो आमाले ती राक्षसकाे घरमा गएर भन्दा उनिहरुले विभिन्न किसिमको धाक धम्की दिएर भगाए, अहिले दुबै आरोपित फरार रहेको छ। यसरी मेराे इज्जत संग खेल्नेलाई फाँसीको सजाय हुनु पर्छ भने कुरा पिडित बालिकाले माँग गरेकी छिन ।

उता पिडित वालिकाकाे मेडिकल जाँच भए पनि जिल्ला अस्पताल जलेश्वरले रिपाेर्ट भाेलि दिन्छु तर विहान गए पछि रिपाेर्ट तपाँईलाई हाेईन प्रहरीलाई दिन्छु भने अाफुलाई शंका लागेकाे उनी बताईन।

घटना घटे पछि पिडितकी आमाको अनुसार वडा नं ७ का वडा अध्यक्ष मदन राय र स्थानिय नेता उतिम राय काहाँ गए पछि मेराे छाेरीकाे गाउँकाे दुई केटाले जवरजस्ति बलात्कार गरेकाेले समाजकाे नाताले ईन्साफ चाहियाे हार गुहार गरिन् तर उहाँले रु ७५ हजारमा घटना मिलाउन भनेका थिए तर अाफु तयार भए पनि ७५ हजार अाज हाेईन चार पाँच दिन पछि दिन्छु भने पछि झसंग भए र अहिले दिएमा फेरि यिनिहरु मुद्वा गर्छन साेचेकाे कारण आफू पैसा नलिने वरु दोषि लाई कानुन अनुसारको कार्यवाई गराई छाड्ने अठोट लिए पछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी गरेका कुरा पिडितकाे अामाले बताएकी छिन।

जिल्ला प्रसाशनले चाँड पर्वमा धार्मिक कार्यक्रम वाहेक मनाेरजनकाे नाममा कुनै कार्यक्रम नगर्ने नगराउने समाजिक संजाल तथा पत्रकार सम्मेलन गरि राेक लगाईका थिए तर त्यसकाे धज्जिया उडाउँदै सम्सीमा छठकाे रातिमा छक्काहरुलाई अाेपेन भएर नाच गान गरेकाे कारण उक्त घटना भएकाे स्थानिहरुले बताएका छन तर त्यसै तीन वटा घटना भएकाे भए पनि बाहिर अाउन नसकाे हाे। जब कि सम्सीमा प्रहरी चाैकि, शस्त्र प्रहरी पाेष्ट र सम्सी भन्दा दस किलाे मिटर पुर्वमा ईलाका प्रहरी कार्यालय रामगाेपाल रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय