नेपाल प्रहरीका ३४ इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस।

प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फको प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमा बढुवाका लागि ३४ जनाको नाम सिफारिस गरेको छ । बढुवा सिफारिस समितिले ३४ • जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी उपरीक्षक पद (डिएसपी) मा बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस सूचीको पहिलो नम्बर प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखामा कार्यरत होमबहादुर थापा रहेका छन् । त्यस्तै, दोस्रोमा दीपेन्द्रकुमार पाल, तेस्रोमा किरणप्रसाद न्यौपाने, चौथोमा केशरबहादुर कार्की तथा पाँचौमा दुदिमाया लामा रहेका छन् ।

समितिको सोमवार बसेको बैठकले इन्स्पेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

हेर्नुहोस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय