भारतबाट मूल्य घटेर आएपनि हाललाई बिक्री मूल्य नघट्ने: नेपाल आयल निगम

काठमाडौँ- भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई नयाँ मूल्यसूची पठाएको छ । निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेर आएको छ।

नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । भारतबाट मूल्य घटेर आएपनि निगमले भने हाललाई बिक्री मूल्य नघटाउने जनाएको छ। एक विज्ञप्ति जारी गर्दै निगमले हाललाई मूल्य घटाउन नसकिने जनाएको छ। निगमलाई अझै पनि महिनाको ४ अर्ब ३२ करोड नोक्सानीमा रहेकोले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राखिएको जनाएको छ ।

 

सो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय डलर आसपासमा झरेको छ एक महिनाअघि प्रति ब्यारेल १२० डलरभन्दा माथि थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय