सर्लाहीको नवलपुरबाट लागू औषधसहित वरिष्ठ हवल्दार सिंह पक्राउ।
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरबाट ठूलो मात्रामा लागूऔषधसहित एक जना प्रहरी हवल्दार पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सुवोध कुमार सिंह ठूलो मात्रामा लागूऔषध सहित पक्राउ परेका हुन् ।
उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको ५ सय ९९ बोतल लागूऔषध सहित प्रहरी बरिष्ठ हबल्दार सिंह पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिए । उनका अनुसार लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उखुबारीभित्र लुकाएर राखिएको लागूऔषधसहित प्रहरी बरिष्ठ हबल्दार सिंहलाई पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानमा सिंहले सुरुमा बोराभित्र रहेको सो लागूऔषध नवलपुर बजारकै एक पसलमा राख्न दिएको र पछि पसलेले धेरै दिन भएपछि आफूले राखेको बोरा लैजान दबाब दिएपछि उखुबारीमा लगेर लुकाएको खुल्न आएको प्रहरी उपरिक्षक पोखरेलले बताए ।
प्रहरी बरिष्ठ हबल्दार सिंहसहित कोडिवेल नामक कोरेक्स एक सय एमएलको ४ सय ४६ बोतल र विन सिरेक्स सय सय एमएलको १ सय ५३ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरी बरिष्ठ हवल्दार सिंहको कोठाबाट कोरेक्सको दुईवटा खाली बोतल समेत बरामद् गरिएको प्रहरीले जनाएको छ । वरिष्ठ हवल्दार सिंहलाई अहिले ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक शान्तराम कार्कीले जानकारी दिए ।
उनका अनुसार रौतहट घर भएका वरिष्ठ हबल्दार सिंहको दरबन्दी ईलाका प्रहरी कार्यालय बोयाङ भोजपुरमा रहेको र उनी इलाका प्रहरी कार्यालय नवलपुरमा काजमा कार्यरत थिए । सिंह यहाँबाट रमाना बुझेर भोजपुर जाने तयारीमा रहेको र सोही समयमा लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
13
+1
3
+1
12
+1
4
+1
3

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय