मेलम्चीमा बढ्यो पानीको बहाब, बगाउन थाल्यो अस्थायी संरचना।

२६ जेठ, काठमाडौँ।

मेलम्चीमा बाढी, नदीमा बनाइएका अस्थायी संरचनामा क्षति

काठमाडौं– निरन्तरको वर्षापछि आएको बाढीले मेलम्चीको फट्टेमा ह्युमपाइप राखेर बनाएको बाटोमा क्षति गरेको छ।

जसका कारण आवातजावतमा समस्या भएको छ। यसबाट ६ वटा वडाका नागरिक प्रभावित भएका छन्। अघिल्लो वर्ष असार १ गते आएको बाढीले पक्की पुल बगाएपछि त्यहाँ अस्थायी संरचना निर्माण गरिएको थियो।

तर, गएरातिदेखिको वर्षापछि आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुल बगाएको हो। उक्त पुलको अवस्थाबारे जानकारी लिन मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङसहितको टोली त्यहाँ पुगेको छ।

मेयर तामाङले बाढीले क्षति पुर्‍याएको संरचना मर्मत गर्न लागिएको बताएका छन्। मनसुन सक्रिए भएसँगै मेलम्चीबासी त्रसित हुन थालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय