प्रधानमन्त्रीलाई भेट्न लोसपाका नेताहरू बालुवाटारमा।

२४ जेठ, काठमाडौं।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदैछ । त्यसका लागि लोसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्णलगायत बालुवाटार पुगेका छन् ।

आफ्ना नेता-कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै लोसपाका नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । सरकारमा रहभागी हुने चर्चा चलेको बेला लोसपाका नेता बालुवाटारमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय