असार १ देखि मतदाता नामावली संकलन गरिने।

२३ जेठ, काठमाडौं ।

निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने भएको छ ।

स्थानीय तह निर्वाचन घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम असार १ देखि सञ्चालन गर्ने आयोगले सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

१८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम छुट भएका नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा फोटो सहितको नामावली दर्ता गराउन सक्नेछन् ।

यस कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन पनि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ।

‘आगामी निर्वाचनमा कोही पनि नछुट्ने गरी आफ्नो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न आयोग सबैमा हार्दिक आग्रह गर्दछ’ आयोगले विज्ञप्तिमा भनेको छ । यस कार्यक्रमलाई सबै राजनीतिक दल तथा सरोकारवालाहरूले आ–आफ्नफ क्षेत्रबाट सहयोग गरिदिन पनि आयोगले अपिल गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय