![](https://htpkhabar.com/wp-content/uploads/2022/03/मनकामना-केवल-कार.jpg)
मनकामना केबुलकार एक दिनको लागि बन्द हुने।
११ चैत्र, काठमाडौं।
गोरखास्थित मनकमना केबुलकार एक दिन बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि केबुलकारको सेवा बन्द गर्न लागिएको हो।
मर्मतसम्भारपछि चैत १५ गते मङ्गलबारदेखि पुनः नियमित सञ्चालनमा आउने केबुलकार सञ्चालक समितिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।
केबुलकार बन्द भए पनि चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेशस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत रहने शेरचनले बताए।
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा २४ वर्षअघिदेखि सञ्चालित मनकामना केबुलकार स्तरोन्नतिको तयारीमा छ।