मोरङको लेटाङ झडपमा घाइते महिला प्रहरीको मृत्यु।
०६ चैत्र, काठमाडौं।
छात्रामाथि शिक्षकले गरेको दुर्ववहारले निम्त्याएको थियो तनावमोरङको लेटाङमा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको छ।
झडपमा मोरङका प्रहरी उपरीक्षकसहित १ दर्जन घाइते भएका छन्।
आक्रोशित स्थानीयको भीडबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट गम्भीर घाइते उर्मिलाको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले पुष्टी गरे।
‘घाँटीमै छुरा प्रहार भएपछि उहाँ गम्भीर हुनुभएको थियो। अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु हुनपुग्यो। यसबारे हामी अनुसन्धान गर्दैछौं’, उनले भने, ‘मृतकको शव अहिले कोशी अस्पतालमा राखिएको छ।’
आफ्नै छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारवाही बचाउन लागेको भन्दै आक्रोशित शिक्षा विकास माविका विद्यार्थी र स्थानीयबासीले प्रहरीसँग आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरेका थिए ।
‘हामी यो मान्छेलाई जुत्ताको माला लगाएर लेटाङ बजार घुमाउँछौं, मोसो दल्छौं अनि तपाईँहरूले लानुहोला भन्ने गाउँलेको माग थियो,’ मोरङ प्रहरीका एक अधिकारीले आज दिनभरीको घटना सुनाउँदै भने, ‘तर, हामीले त्यसो गर्न हुँदैन, मिल्दैन भन्यौं। गाउँलेले हाम्रो र जनप्रतिनिधि कसैको कुरा सुन्न मानेनन्।’
प्रहरीले नियन्त्रणमा लिएको व्यक्ति खोस्ने प्रयास बारम्बार भएको र आफूहरूले त्यसो गर्न नदिएको प्रहरी भनाइ छ।
‘हामीले बल प्रयोग नगरेकै हो,’ घटनास्थलमा खटिएका एक प्रहरीले भने ‘दिउँसो एक बजेदेखि साँझसम्म हामीलाई गाउँलेले रोके। तैपनि हामीले सम्झाउने प्रयास गरिरह्यौं। तर, अन्त्यमा हामीमाथि आक्रमण भयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय