जुत्ताचप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु।
२८ माघ २०७८, काठमाडौं।
तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ५ ‘ङ’ लाइनमा रहेको ‘इरम फुटवेयर’ जुत्ता चप्पलको गोदाममा आगोलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले बिहान साढे ६ बजेसम्म पाँच जनाको शव निकालिएको जानकारी दिएको छ ।
मृतकमध्ये चार पुरुष र एक बालिका गरी पाँच जना रहेको प्रहरीले जनाएको छ। मृतकमध्ये कसैको पनि पहिचान खुल्न सकेको छैन । बिहान २ बजेदेखि गोदामको पहिलो तलाबाट शुरु भएको आगो दन्किएर चौथो तलासम्म पुग्दा आगलागी नियन्त्रणमा लिन समय लागेको प्रहरीले जानकारी दिएको छ ।

यद्यपि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले बिहान ६ बजे आगो नियन्त्रणमा लिएका हुन् ।
स्थानीयका अनुसार उक्त गोदाम मुस्लिम समुदायका व्यक्तिहरुले सञ्चालनमा ल्याएको बताइएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आँकलन छ । विस्तृत विवरण आउन अझै बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय