क्रिप्टोकरेन्सीमा बढ्दो नेपाली, अर्थतन्त्रको लागि चुनौती: अर्थमन्त्री शर्मा।
२७ माघ २०७८, काठमाडौं।
नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी लगायतका भर्चुअल मुद्राको लगानीमा नेपालीको बढ्दो रूचीले अर्थमन्त्री शर्मालाई तनावमा पारेको हो । उनले आज चालू आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समिक्षाको दौरान क्रिप्टोकरेन्सीमा नेपालीको बढ्दो लगानी बारे चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘नयाँ सूचना प्रविधिको विकास मानव जातिको लागि आफैँमा उपलब्धि हो । तर त्यो उपलब्धिभित्रका नकारात्मक पक्षहरू पनि छन् ।’
‘हाइपर फण्ड, बेटिङ, गेमिङ, क्रिप्टोकरेन्सी लगायतमा नेपालीको बढ्दो रूची देखिन्छ,’ मन्त्री शर्माले भने, ‘हाम्रो कानुन एकातिर छ । तर, कारोबार अर्कातिर भइरहेको छ ।’ उनले विगतमा अन्य माध्यमबाट ‘क्यापिटल फ्लाइ’ भइरहेकोमा अहिले भर्चुअल मुद्रामार्फत क्यापिटल फ्लाइ हुने गरेकोमा चिन्ता व्यक्त गरे ।
यस्तै, यस प्रकारको लगानीलाई नयमन र नियन्त्रण गर्नतर्फ सरकारले ध्यान मोडेको समेत अर्थमन्त्री शर्माले जानकारी दिए । ‘राष्ट्र बैंक र सरोकारवाला निकायहरूको संयुक्त टिम क्रिप्टोकरेन्सी लगायतको लगानीमा अध्ययन गर्दै छ,’ उनले भने, ‘त्यसमा अर्थमन्त्रालयको पनि ध्यान केन्द्रित भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय