ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा थप एक नेपाली विद्यार्थी मृत भेटिएपछि अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ओडिशाले विश्वविद्यालयविरुद्ध कडा कारबाहीको माग गरेको छ । एबीभीपी भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन हो ।

एबीभीपीले एक विज्ञप्ति जारी गर्दै गम्भीर घटना दोहोरिँदा पनि राज्य सरकार चुप बसिरहेको भन्दै तत्काल कडा कदम चाल्न आह्वान गरेको छ । एबीभीपीका राष्ट्रिय महासचिव वीरेंद्रसिंह सोलंकीले भनेका छन्, ‘पुनः यस्तो गम्भीर घटना दोहोरिँदा पनि राज्य सरकार किन चुप लागिरहेको छ ?’ उनले घटनालाई ‘घिनलाग्दो र लाजमर्दो’ भन्दै कडा टिप्पणी गरेका छन् ।

बिहीबार केआईआईटी अन्तर्राष्ट्रिय छात्रावासमा बीटेक प्रथम वर्ष अध्ययनरत नेपाली छात्रा प्रिशा साह झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनले किन आत्महत्या गरिन् अहिलेसम्म त्यसको कारण भने बाहिर आएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ओडिशा पूर्वकी एबीभीपी राज्य सचिव दीप्तिमयी प्रतिष्ठारीले विश्वविद्यालयमा आत्महत्याका घटनाहरू पटक–पटक हुनुले यसको विश्वसनीयता माथि प्रश्न उठ्ने बताइन् । उनले तत्काल विश्वविद्यालय प्रशासनमाथि कडा कारबाहीको माग गर्दै मृतक छात्रालाई न्याय दिनुपर्ने माग गरिन् ।

गएको फागुनमा केआईआईटीकै होस्टेलमा नेपाली छात्रा प्रकृति लम्सालको शव फेला परेको थियो । दुई महिनाको फरकमा एउटै होस्टेलमा नेपालका दुई छात्राले ज्यान गुमाएका हुन् ।

null

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय