सुडानका मानिसहरू बाँच्न कोइला र पात खान बाध्य भएका छन् । अल-फशेर शहर नजिकै विस्थापितहरूको शिविरमा आक्रमणपछि अवस्था यो चरणमा पुगेको एक सहायता एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

केही मानिसहरू खान नपाएर मरेको समाचारमा उल्लेख छ । केही मानिस तिर्खाले मरेका छन् । अल-फशेर सुडानको पश्चिमी क्षेत्र डार्फरमा सेना र यसका सहयोगीहरूको नियन्त्रणमा रहेको अन्तिम शहर हो।

डार्फरको द्वन्द्वबाट बच्न जामजमका धेरै बासिन्दाहरू विगत दुई दशकदेखि त्यहाँ बस्दै आएका छन्। सुडानमा विगत दुई वर्षदेखि र्‍यापिड सपोर्ट फोर्स र सुडानी सेनाबीच द्वन्द्व चलिरहेको छ। अहिलेसम्म हजारौंको मृत्यु भइसकेको छ र लगभग १३ लाख मानिसहरू घरबारविहीन भएका छन्।

HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय