पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानसँगको सम्बन्ध सीमित गर्ने निर्णय गरेको आरोप लगाएका छन् ।

बीबीसी उर्दूका अनुसार इशाक दारले  भारतले हरेक घटनाको लागि पाकिस्तानलाई दोष दिने गरेको र विगतमाजस्तै यस पटक पनि पाकिस्तानमाथि दोष थोपर्ने प्रयास गरिएको बताए । पाकिस्तानको एक निजी च्यानलसँग उनले भने कि, ‘भारतले गरेका घोषणाहरू केटाकेटी जस्ता छन् र गम्भीरताको कमी देखाउँछन् । हामी बैठकमा भारतलाई उचित जवाफ दिनेछौं । यो जवाफ कम हुनेछैन ।’

मंगलबार जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय