
भारतको छत्तीसगढमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र हुँदै गएको छ । यसबीच नक्सलविरोधी अभियानसँग सम्बन्धित चकित पार्ने तथ्यांकहरू सार्वजनिक भएका छन् ।
पश्चिम बंगाल प्रदेशमा आईईडी (विस्फोटक उपकरण) आक्रमणमा घाइते हुने सुरक्षाकर्मीहरूको संख्या २०२५ को पहिलो त्रैमासिकमा लगभग ३०० प्रतिशतले वृद्धि भएको छ, जसका कारण मार्च २०२६ सम्म भारतबाट नक्सलवादीहरूको अन्त्य गर्ने केन्द्र सरकारको समयसीमा पुरा गर्नु सुरक्षाबलहरूका लागि कठिन चुनौती बन्ने ठानिएको छ ।
गर्मी बढ्दै जाँदा, भारतको मध्य भागमा पर्ने यस राज्यमा ‘नक्सलवादीहरूको अन्तिम गढ’मा कारबाही गर्न सुरक्षाबलहरू परिचालित छन् । उनीहरु सडक र गोरेटाहरूमा ‘सावधानीपूर्वक’ अगाडि बढिरहेका छन्,ं ताकि आईईडी विस्फोटको चपेटामा नपरियोस् । दुई दशकभन्दा बढी समयदेखि जारी विद्रोहमा सयौं सुरक्षाकर्मी मारिइसकेका छन् र धेरै अपाङ्ग भएका छन् ।
को हुन् नक्सलवादी ?