अमेरिकामा फेरि विमान दुर्घटना भएको छ। समाचार संस्था  अनुसार पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी विमान दुर्घटनामा परेको हो ।

शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रुजवेल्ट मलनजिकै एक प्राइभेट विमान दुर्घटना भएको जनाइएको छ।

अमेरिकाको उड्डयन विभागका अनुसार फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिङफिल्ड (ब्रान्सन विमानस्थल) जाँदै गरेको विमानमा ६ जना सवार थिए । विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनलाई हेरचाह गर्ने एकजना थिए।

विमान तीव्र गतिमा खसेर घना बस्ती भएको सहरमा बजारिएको थियो । तत्कालै जहाजमा आगो लागेर विस्फोट भएको थियो । विमानमा सवार सबैजनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय