टेकु अस्पतालमा मंगलबारदेखि पूर्ण खोप अभियान सुचारु।
१० माघ २०७८,काठमाडौं ।
चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि खोप अभियान रोकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले मंगलबारदेखि पुर्न खोप अभियान सुरु गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौँबाट जनशक्ति व्यवस्थापन भएकाले भोलिदेखि खोप अभियान सञ्चालन हुने जानकारी अस्पतालले विज्ञप्ति जारी गर्दै दिएको छ ।
विभिन्न अस्पतालमा पछिल्लो समय खोप लगाउनेको भीड बढेको छ । टेकुमा भने अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ को संक्रमण भएपछि सोमबारदेखि ७ दिनका लागि खोप अभियान स्थगित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा