कोरोनाको तिब्रता संक्रमितको संख्या साढे २४ हजार नाघ्यो, आज मात्रै १० हजार संक्रमित।

०४ माघ २०७८, काठमाडौं।
विगत एक सातादेखि नेपालमा कोरोना संक्रमितहरु तीब्र रुपमा बढिरहेका छन् । यसैबीच काठमाडौं उपत्यकामा मात्रै सक्रिय कोरोना संक्रमितहरुको संख्या साढे २४ हजार पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १७ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, ललितपुरमा चार हजार ४७१ जना र भक्तपुरमा दुई हजार ३९६ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलाली रहेका छन् ।
त्यस्तै, दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लाहरुमा धनुषा, पर्सा, नवलपरासी पूर्व, बाँके, दाङ र कञ्चनपुर छन् । शून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ ।
यसैक्रममा हाल भेन्टेलेटरमा २८ जना र आईसीयूमा १५१ जना रहेका मन्त्रालयले जनाएको छ । होम आइसोलेसनमा ३७ हजार ८२६ जना, संस्थागत आइसोलेसनमा एक हजार २१८ र क्वारेन्टिनमा १०० जना रहेका छन् ।
हालसम्म नेपालमा आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ६८ हजार २१५ जना र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख तीन हजार ९८३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । यसरी पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख ३६ हजार १२० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ९६ हजार दुई पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाउनेको संख्या दुई लाख १३ हजार १४८ रहेका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ४४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२४ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा मुलुकभर थप १० हजार २५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सोमबारभन्दा तीन हजार ५२४ ले बढी हो । सोमबार देशभर छ हजार ७३४ नयाँ सङ्क्रमित पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा १७ हजार ८७२ पीसीआर र चार हजार ९५६ एन्टिजेन विधि गरी कूल २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय