प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार कहाँबाट सञ्चालन भइरहेको हो भन्ने नै थाहा नभएको बताएका छन् ।

बागलुङको बिहुँमा शुक्रबार कांग्रेसका पूर्वसांसद गोविन्दप्रसाद शर्मा कँडेलको प्रथम पुण्यतिथिका अवसरमा आयोजित स्मृति सभा तथा पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै आङ्देम्बेले सरकारका गतिविधि संसदीय मर्यादा, लोकतान्त्रिक अभ्यास र सुशासनसँग मेल नखाएको भन्दै सरकार सञ्चालकबारे प्रश्न उठाए ।

सरकारले परिणाम दिने काम गरे कांग्रेस सधैँ सहकार्य गर्न तयार रहेको दोहोर्‍याउँदै उनले वर्तमान प्रतिपक्ष विगतजस्तो सत्ता प्राप्तिका लागि मात्रै विरोध गर्ने पक्षमा नरहेको बताए ।

‘अहिले सरकारलाई राम राम भनेको तर काँध हाल्न सकिँदैन भनेर सचेत गराएको पनि छौँ । थाहा छैन कहाँबाट सञ्चालित हुँदैछ,’ उनले भने, ‘उहाँहरूको जति पनि क्रियाकलाप हामीले हेरिरहेका छौँ, न यो संसदीय मर्यादासँग मेल खान्छ, न विकास निर्माणको हिसाबले गतिलो देखिएको छ न उहाँहरूकै सङ्गठनको आँखाले हेर्दा पनि मेल खान्छ ।’

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय