डोल्पामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–४, मौरेलेखमा बोलेरो जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो जगदुल्ला गाउँपालिका–४, माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको जीप आफैँ अनियन्त्रित भई सडकबाट करिब २०/२५ मिटर तल खसेको थियो ।

दुर्घटनामा जीपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८, डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय