प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा निजी निवासबाट बालुवाटारस्थित सरकारी निवास सरेका छन् । प्रधानन्यायाधीश शर्मा असार १३ गते शनिबार बिहान ७ः२० को साइत जुराएर बालुवाटार सरेका थिए ।

निवास प्रवेशपछि ११ः३० को शुभमुहुर्त पारेर झण्डा पूजा गरिएको थियो । प्रवेशका क्रममा सरकारी निवास बालुवाटारमा छोटो यज्ञ लगाएर शंखघण्ट बजाउँदै रुद्रीपाठ गरिएको थियो । पुरोहितबाट स्वस्ती शान्ति पनि गरिएको थियो ।

पूजाआजामा सहभागी सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले बाह्रखरीलाई दिएको जानकारीअनुसार आफ्नै कुलपुरोहितबाट पूजा कर्म गरिएको थियो । “७ः२० मा निवास प्रवेश साइत थियो । ११ः३० मा झण्डा पूजा गरिएको थियो,” पाण्डेले भने, “कुलपुरोहितबाट रुद्रीपाठ गरेर सरकारी निवास प्रवेश भएको हो । त्यस्तो तामझाम केही होइन ।”

सरकारी निवास प्रवेशका क्रममा सर्वोच्चका मुख्य रजिस्ट्रार विमल पौडेलसहितका कर्मचारी पनि सहभागी थिए । प्रधानन्यायाधीश डा. शर्मा आरुबारीस्थित निजी निवासबाट बालुवाटारस्थित सरकारी निवास सरेका हुन् । डा. शर्मा जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट ३३औैँ प्रधानन्यायाधीशमा नियुक्त भएका थिए ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय