सरकारले किलोवाटमा अत्यधिक चलखेल भएपछि मूल्यको आधारमा विद्युतीय सवारी (ईभी) को मूल्य तय गरेको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन् । बिहीबार संघीय संसद्मा बजेटमाथिको छलफलका क्रममा उनले यसअघिका सरकारले पिक पावरमा मूल्य राख्दा महालेखाले अर्बौं बेरुजु देखाएको बताए ।
“पिक पावरमा सय युनिटभन्दा माथिलाई छुट्टै भन्सार । अनि मान्छेले झुट बोल्न थाले । अनि हामीले पारदर्शी ढंगले भ्यालुमा आधारित गरौँ । ५० लाखभन्दा माथि प्रगतिशिलता कायम गरौँ । फरेन एक्सचेन्जको त्यसलाई रिफेक्ट गरौँ । रेभिन्यू पनि उठाउनु छ,” उनले भने, “कहाँ चलाउने भन्दा भ्याट सबैलाई १३ हो । कस्टम ड्युटी फ्याट सबैलाई २० प्रतिशत । सीईआईआईएफ खारेज गर्यौँ । आरडीएm २.५ गरौँ, ५० लाखभन्दा मुनिको गाडीलाई ।”
सीआईआईएफ लागु नभएका बेला अन्तशुल्क तिरिसकेका गाडीको दोब्बर शुल्क नगराइएको बताए । “एक्साइज तिरेको तर, सीआईआईएफ ट्रान्जिसन नभइसक्दा भन्सारमा आएका गाडीहरूलाई अन्तशुल्क नि तिराउने र नयाँ शुल्क पनि तिराउने त गर्नु भएन,” उनले भने, “अन्तशुल्क तिरिसकेकाहरूलाई दोहोरो कर लाग्दैन भन्ने स्पष्टीकरण छ ।”



