गृहमन्त्री सुधन गुरुङले विभिन्न माग राख्दै माइतीघरमा धर्नामा बसिरहेकाहरूको जायज माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार माइतीघर पुगेर धर्नामा बसिरहेका विभिन्न व्यक्ति/समूहसँग छलफल गर्दै मन्त्री गुरुङले जायज माग पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सो क्रममा मन्त्री गुरुङले सबै आन्दोलनकारीका मागका बारेमा जानकारी लिएका थिए । सबै नेपाली नागरिकको बराबरको अधिकार रहेकाले अधिकारका लागि धर्नामा बस्नुपर्ने अवस्था आउनु दुःखद भएको उनले बताए ।
जनताको विश्वासका कारण वर्तमान सरकार बनेको भन्दै गृहमन्त्री गुरुङले सरकारले कसैप्रति पनि अन्याय हुन नदिने बताए ।
मन्त्री गुरुङले नागरिकमाथि हुने अन्याय, अत्याचार र विभेद भत्काएरै छाड्ने समेत बताए । उनले देशका सबै नागरिकहरू नेपाली भएर बाच्न पाउने अवस्था बनाउनुपर्ने धारणा पनि राखे ।



