प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस गरिएको छ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले इन्जिनियरिङ्ग उप समूहमा ६२ जना नायव निरीक्षक (सई) लाई प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ।
नर्सिङतर्फ ४ जना सईलाई वरिष्ठ सईमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
ईन्जिनियरिङ्ग उप समूहको कम्युटरतर्फ ४ जना र विधि विज्ञान तर्फ २ जनालाई वरिष्ठ सईमा बढुवा सिफारिस गरिएको छ । सङ्गीततर्फ ५ जनालाई वरिष्ठ सईमा बढुवा सिफारिस गरिएको छ।













